झापा, माघ ३ । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

धरान-३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटनामा धरान-१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश १-०२-००३ह २६५५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकोमा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । सिटी र चालक धरान-११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् । त्यसैगरी बराहक्षेत्र-७ बत्तीस आरडीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा हिमालेको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए । नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्