झापा, माघ ३ । भारी मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापामा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं. १५ बस्ने २१ वर्षिय सन्देश राई र भद्रपुर नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय देवराज दंगाल रहेका छन् ।


मंगलवार दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं. ९ मा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले राई र दंगाललाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ५० ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भईरहेको सूचना अधिकारी डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्