झापा , माघ ४ । निन्दा खोलामा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्ने दुई ट्रयाक्टरसहित चालक पक्राउ परेका छन् ।

हिजो साँझ ५.५५ बजे प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.२ स्थित निन्दा खोलाको सिरान(चुरे क्षेत्र) मा अबैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको फेला पारी ज २ त ९५३ न.को ट्रयाक्टर र सोको चालक सोही ठाउँ बस्ने २५ वर्षिय सुवास लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

साथै आज बिहान ११.३० बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.३ मा अबैध रुपमा ढुङ्गा ओसार–पसार गरिरहेको फेला पारी प्र.१–०१–००१ त ९२१९ नम्बरको ट्रयाक्टर र सोको चालक सोही ठाउँ बस्ने २२ वर्षिय मौसम भुजेललाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्