झापा , माघ ४ । नेकपा एमालेको प्रस्तावमा सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् ।

उम्मेदवारी दिएपछि बुधबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने उल्लेख गरे ।
’म जिम्मेवारीमा पुग्ने निश्चित छ । हिजोका शिक्षाबाट अघि बढ्छु । तटस्थ रहेर चलाउँछु‚’ उनले भने, ’प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कम रहन दिन्न ।’
घिमिरले बुधबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्