झापा, माघ ४ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभा सभामुखका पदका लागि उम्मेदवारी दिएकी छन् ।

नयाँ बानेश्वारस्थित संसद् भवनमा पुगेर उनले बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् । उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्