हल्दिबारी, माघ ४ । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ३ ढडुवा चोक दक्षिण रमेश भण्डारीको घरमा आगलागी भएको छ ।

बुधवार दिउँसो करिब २ बजेतिर घरमा कोही नभएको बेला आगलागी भएको हल्दिबारी ३ का वडा अध्यक्ष बिष्णुप्रसाद ओलीले बताए ।
बिद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । भण्डारीको सो घरमा किरण मगर भाडामा बस्दै आएका थिए । आगलागीमा परी मगरको लताकपडा,अन्य सरसामान र नगद २० हजार जलेर नष्ट भएको छ ।दुवै परिवारको गरी करिब १२ लाख बढीको क्षति भएको जलथल प्रहरी चौकीले जनाएको छ।

आगोलाई भद्रपुर वारुण यन्त्र साथै जलथल प्रहरी चौकी , जनप्रतिनिधि र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीपीडितलाई आफ्नो अगुवाईमा सन्तलाल मेचे, शिव बराइली, त्रिलोचन ढुङ्गेललगायतले सिरक ढसनालगायतका लुगा प्रदान गरिएको वडाध्यक्ष ओलीले बताए ।



