झापा , माघ ५ । विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको मृत्यु भएको छ ।

विराटनगर-१० स्थित लालीगुँरास चौककी ८० वर्षीया वेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो । घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको छ । वडा प्रहरी कार्यालय ’क’ का डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा गएको टोलीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने कार्य गरिरहेको छ । कानूनी प्रक्रिया पुर्‍याएर पोष्टमार्टमपश्चात् मात्रै वृद्धाको शव आफन्तलाई हस्तान्तरण गरिने तयारी रहेको डिएसपी पञ्जियारले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । बिहीबार बिहान अत्याधिक जाडोका कारण अप्ठ्यारो भएपछी ८० वर्षीया यादवले पराल र रुखको हाँगा बालेर आगो सेकिरहेकी थिइन् । सोही क्रममा अचानक आगो साडीमा सल्किएपछि प्लास्टिकको कुर्सीसहित उनी जलेकी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्