झापा, माघ ५ । भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

बुधवार साँझ ६.१० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ हनुमान मन्दिर छेउमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रू. २७ हजार बराबरको सटको रोल कपडा र कुर्था सुरुवालको कपडा बरामद गरेको हो ।

साथै बिहीवार बिहान ९.१५ बजे ई.प्र.का काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु. ८ हजार बराबरको २ बोरा सुर्ती र दिउँसो १२ बजे मेचीनगर नगरपालिका वडा नं. ६ तुर्केनि खेलमैदानमा चेकजाँच गर्नेक्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु ५० हजार बराबरको १३ थान ढाकाको कपडा बरामद गरेको हो ।

ती सामानलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्