शनिश्चरे , माघ ५ । अर्जुनधारा प्रेस क्लब झापाको कार्यालय भवन निर्माण गर्नका लागि समिति गठन भएको छ ।

क्लबका अध्यक्ष रमेश समदर्शीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति बनेको हो ।क्लबको बिहीवार बसेको बैठकले समितिमा निवर्तमान अध्यक्ष कुमार भट्टराई, सल्लाहकार दिपिन राई, उपाध्यक्ष प्रेम आचार्य, सचिव नरेश खाती, कोषाध्यक्ष पुष्पा जवेगु र सदस्य मनिता योञ्जन सदस्य रहेका छन् ।

समितिले अर्जुनधारा ८ मा क्लबको कार्यालय भवन निर्माणका लागि काम गर्ने बताइएको छ । कार्यालय भवन निर्माणका लागि दाताबाट ९.५ धुर जग्गा प्राप्त भइसकेको छ ।बैठकले स्थानीय सरकार र प्रदेश सरकारलाई भवन निर्माणमा सहयोगका लागि प्रस्तावसहित अनुरोध गर्ने निर्णय गरेको क्लबका अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक रमेश समदर्शीले बताए ।

यसैबीच, निवर्तमान अध्यक्ष भट्टराईले क्लबको नाममा रहेको जग्गा धनीपूर्जा, संस्थाको विधानलगायत कागजात हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्