बिर्तामोड , माघ ५ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १का ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत्मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरी बिहीवार ४० जना ज्येष्ठ नागरिकलाइ सम्मान गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई गाम्छासहित नगद र फलफुल प्रदान गरिएको थियो ।

३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १का कार्यवहाक वडाध्यक्ष योगचन्द्र आङ्बोहाङले जेष्ठ नागरिकहरुलाई यस वर्ष पनि भ्रमणको आयोजना गरिएको जानकारी दिए । उनले वडा कार्यालयले चाँडै मिति तोकेर सबै जेष्ठ नागरिकहरुलाई भ्रमणमा लैजाने बताए ।

सामाजिक विकास शाखाकी संयोजक, नगर कार्यपालिका सदस्य यमुना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव टिका अधिकारीलगायतको उपस्थिति रहेको थियो । सम्मानित हुने जेष्ठ नागरिकहरुले नगरपालिकाले गरेको सम्मानप्रति खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्