झापा, माघ ६ । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्सानेमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३४ प ७२५१ नम्बरको स्कुटरले ठक्कर दिँदा सुन्दरहरैँचा-१० का ३८ वर्षीय पूणर्बहादुर गुरुङको मृत्यु भएको हो । पैदल हिँडिरहेका गुरुङलाई बिहीबार साँझ ६ः२५ बजेतिर स्कुटरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ४ः२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा स्कुटर चालक ३५ वर्षीय ललित उराव सामान्य घाइते भएका छन् । उरावको पनि नोबेलमै उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट स्कुटर चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुलेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्