बिर्तामोड,माघ ६ । लायन्स क्लब अफ बिर्तामोड लेडीले लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसर पारेर गुरूकुलका बटुकहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

मेल्भिनको १४४ औं जन्मदिनको अवसरमा लायन्स क्लब अफ बिर्तामोड लेडीले बिर्तामोड नगरपालिका वडा नं. – ६ स्थित हरिहर आश्रममा अध्ययनरत बटुकलाई न्यानो ज्याकेट वितरण गरेको हो ।
संस्थाका अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डाको अभिवादन दुर्गा पौडेलले गरेका थिए ।

बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एरिया प्रमुख सत्यनारायण शर्मा, गुरुकुलका अध्यक्ष दाताराम तिम्सिनाले मन्तब्य राखेका थिए। कार्यक्रममा स्थानीय अभिभावक, लायन्स क्लब अफ स्मार्ट लेडीका अध्यक्ष पार्वता गिरी साथै लायन्स क्लब अफ बिर्तामोड लेडीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

इन्दिरा खरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष निरू ओलीले गरेकी थिइन् । रिजन चियर पर्सन उर्मिला खरेलले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्