बिर्तामोड, माघ ७ । गत पुष १५ गते कम्बोडियाको होटल क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका बिर्तामोड– १का निराकार पाण्डेको शव आज कनकाई माईमा अन्त्येष्टि गरिने भएको छ ।

गएराति ११.२० बजे उनको शव काठमाडौं आइपुगेको हो । शव बुझेर काठमाडौंबाट राति १२.४० बजे हिडेको र अहिले उदयपुरको गाइघाट आइपुगेको निराकारका पिता बिर्तामोड–१का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए । बिर्तामोड–१ अतिथि सदनस्थित निजी निवासबाट विहान ११ बजे शव यात्रासहित उनको अन्तिम संस्कार गर्न लागिएको पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्