झापा , माघ ७ ।नेपाल वित्तीय संस्था कर्मचारी संघ, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकोे शनिवार बिर्तामोडमा तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनबाट यस संघका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमितिको अध्यक्षमा गोपाल लोहनी चयन भएका छन् भने बरिष्ठ उपाध्यक्षमा भागवत ढुंगाना, उपाध्यक्षद्वय नवीन संग्रौला तथा यामनाथ पौड्याल, महासचिवमा राजशंकर झा चयन भएका छन् ।

त्यस्तै उप–महासचिव पदमा राजन ढकाल, कोषध्यक्षमा गजेन्द्र ढकाल तथा सदस्यहरुमा निशा ओली आचार्य, निरज ढुंगाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, विशिष्ठ अतिथि नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश १ का अध्यक्ष राम भट्टराई, विशिष्ठ अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, नेपाल वित्तीय संस्था कर्मचारी संघका जिल्ला अध्यक्ष भवानी प्रसाईं, नेपाल वित्तीय संस्था कर्मचारी संघका पूर्व केन्द्रीय सदस्य होम कार्की, संघका संस्थापक अध्यक्ष मिनबहादुर कार्की, पूर्व अध्यक्ष गोपाल लोहनी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, एनआइसी एसिया बैंक लि.का पूर्व केन्द्रीय उपाध्यक्ष राम पौडेललगायतको उपस्थिति रहेको थियो भने बैंकका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
२०६८ मा स्थापित यस संघले विगत ११ वर्षदेखि बैंकको सुदृढीकरण तथा कर्मचारी हकहितका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्