कुमरखोद, माघ ७ । सशस्त्र प्रहरी बल टाँघनडुब्बाले २२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा शनिवार झापा बजारमा सरसफाई गरेको छ ।

सशस्त्र प्रहरी बल टाँघनडुब्बाले झापा गाउँपालिका वडा नं २ मा रहेको झापा बजारक्षेत्र, टेम्पो स्टेण्ड हँुदै वडा कार्यालय छेउसम्म सरसफाई गरेको सशस्त्र प्रहरी बल विओपी टाँघनडुब्बाका प्रमुख सरोज कटुवालले बताए ।

सरसफाई कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष हिमालकुमार चम्लागाई, न्यायिक समिति सदस्य राजकुमार कोच , झापा गाउँपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , झापा गाउँपालिका चेम्वर अफ कमर्सका लक्ष्मी गणेश , वडा सचिव नारायणकुमार चम्लागाई ,जनपद प्रहरीका सई रत्नबहादुर श्रेष्ठ, झापा बजार व्यवस्थापन समितका पदाधिकारीहरु , व्यापारी तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष चम्लागाईले विकास निर्माणसँगै गाउँ, टोल, मठमन्दिर , बजारलाई सरसफाई राखे वातावरण सफा हुने र रोग समेत नलाग्ने भएकाले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्