झापा , माघ ८ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पिउने पानी आपूर्तिमा समस्या भएको छ ।

अत्यधिक चिसोका कारण पाइपको पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानी आपूर्ति प्रभावित बनेको हो । जमेको पाइपको पानी दिउँसो घाम लागेको समयमा समेत नपग्लिदा खुम्बुको विभिन्न स्थानमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय दामु शेर्पाले बताइन् । उनका अनुसार खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्का जस्तै बन्ने गरेको छ । चिसो बढेसँगै सो क्षेत्रको तापक्रम समेत घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । अहिले सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा समेत विहानको समयमा पानी आपूर्ति प्रभावित भइरहेको छ । धारा तथा पाइपको पानी जमेर बरफ हुँदा दैनिकी कष्टकर बनेको स्थानीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्