झापा, माघ ८ । चारकोशे जलथल जंगलमा रहेको वन वातावरण तथा जैविक विविधताको बारेमा विद्यार्थीहरुलाई सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिन दक्षिणी झापाका विद्यालयहरुमा इको क्लब गठन गरिने भएको छ ।

प्रथम चरणमा माध्यमिक विद्यालयहरुमा सो क्लब गठन गरिने भएको हो ।
आइतवार जलथलको पाथीभरा सामुदायिक वनको परिसरमा झापा क्षेत्र नं–३ का केही विद्यालयका शिक्षक प्रतिनिधि र वन अभियन्ताहरुको समन्वयमा भएको भेलाले इको क्लब गठन गर्ने निर्णय गरेको हो । फरेष्ट एक्सन नेपालको समन्वयमा शिक्षक तथा फरेष्ट एक्सन नेपाल जलथलका केही अभियन्ताहरुबीच त्यस विषयमा अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्