झापा , माघ ८ । स्थानीय शान्ताकुमारी आचार्यको क्यान्सर रोगबाट निधन भएपछि कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड ९ नडियाबारीले क्यान्सर रोगसम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।

समितिको आयोजना ,बिर्तामोड नगरपालिका ९ नम्बर वडा कार्यालयको सहकार्य एवम् बिएण्डसी अस्पतालको प्राविधिक सहयोगमा बिर्तामोड–९, नडियाबारीस्थित खप्तडी बुढाथोकी भवनमा सो कार्यक्रम गरिएको हो ।कार्यक्रममा नडियावारी टोल विकास संस्था , टाँगावारी टोल विकास संस्था , पिपलचोक टोल विकास संस्था , आदर्श किर्तन मण्डली समूह ,आशिर्वाद किर्तन मण्डली समूह , हरिहर किर्तन मण्डली समूह ,पाथीभरा किर्तन मण्डली समूह , राधाकृष्ण किर्तन मण्डली समूह र गरमकाली किर्तन मण्डली समूहका महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गर्दै पूर्वाञ्चल क्यान्सर हस्पिटलका विशेषज्ञ डा. वीरेन्द्र भगतले सहभागी महिलाहरुलाई पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी जानकारी दिएका थिए ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रविन बुढाथोकीको अध्यक्षता तथा बिर्तामोड ९ का वडा अध्यक्ष हरिप्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खप्तडी बुढाथोकी समाजका जिल्ला अध्यक्ष योगेन्द्र बुढाथोकी , कालीमाता मठमन्दिर ब्यवस्थापन समितिका संरक्षक पुण्यप्रसाद सुवेदीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन काजी बुढाथोकीले गरेका थिए ।
बिर्तामोड नगरपालिका वडा न.ं–९, नडियाबारीआसपास क्षेत्रमा रहेका टोल विकास संस्था तथा किर्तन मण्डलीका महिलाहरुलाई लक्षित गरी पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी सो जनचेतनामुलक कार्यक्रम गरिएको आयोजक समितिका अध्यक्ष युवराज रोक्काले बताए । साथै माघ ९ गते सहभागी महिलाहरुको बिएण्डसी अस्पतालमा निःशुल्क पाठेघर क्यान्सरको जाँच तथा परीक्षण गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष रोक्काले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्