झापा , माघ ९ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवैध सामान झापाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ ।

आइतवार दिउँसो १.२० बजे अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर वडा नं. ५ मेची पुलछेउमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी ४ हजार ९६०मूल्य बराबरको १२४ किलोग्राम मैदा ,अन्दाजी १ हजार ४० मूल्य बराबरको १६ किलोग्राम चिनी गरी जम्मा ६ हजारबराबरको सामान नियन्त्रणमा लिएको छ ।

त्यस्तै आइतवार दिउँसो ३ बजे प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं. ७ स्थित छ नम्बर पोष्टमा अन्दाजी १३ हजार हजार मूल्य बराबरको ५ वटा स्टिलको बेसिन नियन्त्रणमा लिएको छ ।

त्यस्तै आइतवार दिउँसो २.३० बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ कुमरखोदमा भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको चिनी ७ बोरा(३५० के.जी. ), ५ टिन खाने तेल (८० लिटर) र १ बण्डल बिडी गरी अन्दाजी ५०हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । ती सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्