एजेन्सी । क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् ।

साउदी प्रो लिगमा इतिफाकलाई १-० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् । ३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए । २०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७.७ करोड पाउन्ड कमाउने बताइएको छ । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् । ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निणर्ायक गोल गरेका थिए । अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ । रोनाल्डोले बिहीबार पीएसजीसँगको मैत्रीपूणर् खेलमा दुई गोल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्