वासिंटन । अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टरेपार्क नगरमा शनिबार राति भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ ।

नगरको एउटा डान्स क्लबमा भएको उक्त गोली प्रहारमा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। स्थानीय समयअनुसार राति करिब साढे १० बजेतिर उक्त घटना भएको जनाइएको छ। घटनास्थल चिनियाँ नयाँ वर्षको उत्सव मनाउन तय गरिएको स्थाननजिकै रहेको जनाइएको छ । नयाँ वर्ष मनाउन हजारौं मानिस भेला भएका थिए भने उक्त महोत्सवका लागि राती ९ बजेसम्मको समय तय गरिएको थियो। आक्रमणकारी एकजना पुरुष भएको र ऊ फरार रहेको जनाइएको छ। मोन्टरे पार्क नगर लस एन्जलस सहरबाट करिब ११ किलोमिटरको दूरीमा छ। करिब ६१ हजार जनसंख्या रहेको यस नगरमा ठूलो संख्यामा एसियाली मूलका मानिसको बसोबास छ। दुईदिने महोत्सवको पहिलो दिन उक्त घटना भएको हो। गोलीकाण्डपछि आइतबारको महोत्सव रद्द गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्