झापा, माघ ९ । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छ ।

सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-२ स्थित विमानस्थल सात वर्षदेखि ठप्प रहेको हो। करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूणर् रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो। करिब आधा दशकपछि २०७७ मंसिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत अहिले निराश बनेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्