झापा , माघ ९ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् । बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा आइतबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्