झापा, माघ १० । पत्रकार सुरेन्द्र भण्डारीको घर हात्तीले भत्काएर क्षति गरेको छ ।

पूर्वाञ्चल दैनिकका सहसम्पादक भण्डारीको बाह्रदशी ३ प्रतिभा चोकस्थित मूल घर हात्तीले भत्काएको हो । राति १ बजेतिर १४ वटाको संख्यामा आएका हात्तीले आफ्नो टीनको छानो भएको पक्की घर भत्काएको पत्रकार भण्डारीले बताए ।

स्थानीयवासी र राजगढबाट प्रहरी आएपछि हात्तीलाई धपाइएको उनले बताए । मूल घर बाह्रदशीमा भएपनि उनी लक्ष्मीपुरमा बस्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्