एजेन्सी । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् ।

उनीहरुले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो । आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा दुवैले एकअर्कोको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् । ‘आज हामीले हाम्रा प्रियजनको उपस्थितिमा त्यो घरमा विवाह गरेका छौ । जसले हामीलाई अपार खुसी र शान्ति दिएको छ’, उनले अगाडि लेखेकी छन् ‘हामी हृदयदेखि यो नयाँ यात्राको लागि तपाईको आशीर्वाद चाहन्छौ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्