झापा, माघ १० । झापाको मेचीनगर नगरपालिका-८ बाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् । घरमा नै लागूऔषध भण्डारण गरि लागूऔषधको बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँक्डभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागूऔषध ब्राउनसुगरसहित सोमबार साँझ घरबाट नै पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोबाईल समेत बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्