झापा, माघ १० । इलामको माङसेबुङ गाउँपालिका-३ मा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

भ्यानका कामदार स्थानीय ३० वर्षीय सुमन बुढाथोकीको मृत्यु भएको हो । को२च २५१ नम्बरको कुचो बोकेको भ्यान सोमबार बेलुका करिब साढे ७ बजे सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । भ्यान चालकलाई ईलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्