झापा , माघ ११ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।

नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु भन् दुखद भएको लामिछानेले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – ’ मलाई थाहा छ , आत्मदाहको निणर्य हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन , आशा जगाउन सकेन , आत्मदाहको निणर्य फेर्न सकेन । यसमा हामी दोषी छौँ , म दोषी छु ’ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्