झापा , माघ ११ । क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । आरोपीलाई कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको एसपी कोइरालाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्