झापा , माघ ११ । मोरङको सुन्दरहरैचा नगरपालिका-१२ स्थित भित्री सडकमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको डेढ बर्षीया छोरी अननिया चौधरी रहेकी छन् । मंगलबार अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमानै मृत्यु भएको थियो । टिपर र टिपर चालक मोरङ केराबारी गाँउपालिका-१० बस्ने ३५ बर्षीय राजकुमार लिम्बू ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्