झापा , माघ ११ । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो ३ बजे बिराटनगर-१६ दक्षिण गेटमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका गौरादह नगरपालिका-९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक-४ एम्पुल, ऐभिल-४ एम्पुल, फेनारागन-४ एम्पुल र डाईजोपाम- ४ एम्पुल फेला पारी पक्राउ गरेको हो । त्यसै गरी बिराटनगर-१५ मा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML-२० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका-१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका-६ धनकुटाका २८ बर्षीय आशिष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्