झापा , माघ ११ । झापाको सिमावर्ती क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरि निकासी गरि नेपाल भित्राउदै गरेको र भारततर्फ लैजादै गरेको अवस्थामा किराना लगायत ढाकाको विभिन्न प्रकारका कपडाहरु फेला पारी प्रहरीले बरामद गरेको छ।

सामान बरामद

मंगलबार साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर-७ धनकुटेलि बस्तीबाट अन्दाजी ५० हजार र ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१० बाट २ लाख ७५ हजार बराबरको किरानाका सामान बरामद गरेको हो भने ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ बाट ५० हजार बराबरको विभिन्न प्रकारका ढाकाको कपडाहरु नेपालबाट भारततर्फ लैजादै गरेको अवास्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्