झापा, माघ ११ । अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो। को १ ह १८६९ नम्बरको टेम्पोसहित उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर-५ बस्ने ३६ वर्षका दिपेन्द्र अमात्य, बेलबारी-११ बस्ने ३७ वर्षकी सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्। बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाईएको बताए ।