झापा, माघ १२ । जाडो महिनालाई मध्यनजर गर्दै बिर्तामोड ४ स्थित कालिका टोलका स्थानीय ५० घरपरिवारलाई बिलिभर्स ईस्टर्न चर्चले ब्ल्याङ्केट बितरण गरेको छ ।

चर्चले परिवारको अवस्थालाई हेरेर सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त ब्ल्याङ्केट वितरण गरेको जनाएको छ । बिर्तामोड ४ का वडा अध्यक्ष राहुल शर्मा , चर्चका भिखार जनरल रेभरेन फादर डाक्टर चित्रकुमार रुपाचा , स्थानीय अगुवा छबिलाल बिकलगायतको उपस्थितिमा चर्चले उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।

हरेक वर्ष चर्चले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक कार्यहरु गर्दै आएको चर्चका डिकन फादर समर वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्