बिर्तामोड ,माघ १२ । नेपाल शिक्षक संघ बिर्तामोडको दोस्रो नगर अधिवेशन तथा पाँचौं प्रतिनिधि सभाबाट अध्यक्षमा जयकुमार प्रसाईं सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा सरस्वती खतिवडा र ज्ञानु न्यौपाने ,सचिव युवराज ढकाल र अर्थसचिव तेजेन्द्र थापा चयन भएका छन् । लिलाप्रसाद भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस विर्तामोडका सभापति भोजराज सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल ,शिक्षक महासंघ झापाका संस्थापक अध्यक्ष तेजप्रसाद चौलागाईं, विर्तामोड नगरपालिका वडा नं ५ वडाध्यक्ष रोहित प्रसाईं ,वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कदङ्वा,वडा नं १० वडाध्यक्ष दुर्योधन गुरुङ, वडा नं ४ का निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला,शिक्षा शाखा बिर्तामोडका शिक्षा अधिकृत दिनेश आचार्य , नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सेवानिवृत शिक्षक रामप्रसाद अधिकारी ,विरेन्द्र बुढाथोकी ,सेवानिवृत विद्यालय सहयोगी कर्मचारी गोपाल खनाल र आइतबहादुर तुम्रोक र समाजसेवी राजु राजवंशी(सन्तोष ) लगायतलाई सम्मान गरिएको थियो। कुल १९२ जना शिक्षक संघमा आवद्ध शिक्षकहरुमा ८ जना विशिष्ट र १० जना कर्मठ सदस्यहरु रहेका छन् । कैलाश पोख्रेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य धनकुमारी खरेलले राखेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्