एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

बिहीबार राति अल इतिहादसँग ३-१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २-० गोल अन्तरले पछि परेको थियो । खेलको १५औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५३औं मिनेटमा अब्देराजाक हाम्दाल्लाहले गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे । खेलको ४७ औं मिनेटमा नसरका लागि टालिस्काले गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा महन्नद अल शानक्विटीले इतिहादका लागि गोल गर्दै टिमलाई ३­० गोल अन्तरले जित दिलाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्