झापा, माघ १३ । सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन्।

शुक्रवारै साँझ सर्वोच्चको आदेशपछि उनले प्रधानमन्त्री कार्यालय गएर राजीनामा दिएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।

यसअघि उनले मन्त्रालयबाट बाहिरिने क्रममा सर्वोच्चको फैसलाको कदर गर्दै आफू अनागरिक भएको बताएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उनी ११ पुषमा उपप्रधान तथा गृहमन्त्री भएका थिए। मन्त्रालय सम्हालेको ३२ दिनमै उनी सरकारबाट बाहिरिनु परेको हो।
अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्न जुन प्रक्रिया पूरा गर्नुपथ्र्यो, उक्त विधि पूरा नगरेको भन्दै आज सर्वोच्चले उनलाई अनागरिक ठहर गरिदिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्