झापा, माघ १४ ।प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरमा एकजना पक्राउ परेका छन् ।

शनिवार दिउँसो २.३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर वडा नं. ६ काँकरभिट्टा बसपार्क बस्ने ३० वर्षिय प्रल्हाद कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्