झापा, माघ १५ । झापाको दमकमा ब्राउनसुगर बिक्री गर्दैगर्दा चार युवायुवती पक्राउ परेका छन् ।

शनिवार दिउँसो ४ बजे दमक वडा नं. १ कुमाल चौकस्थित लाफा होटलमा लागूऔषध ब्राउनसुगर बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा ईलाम चुलाचुली वडा नं. ४ बस्ने ३२ वर्षिय विरबहादुर लिम्बूको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

लिम्बूसंगै रहेका दमक वडा नं. ३ बस्ने २४ वर्षिया प्रेमकुमारी तामाङ, वडा नं .३ बस्ने १९ वर्षिया दिक्षा योगी र ईलाम फाक्थोक्थुम वडा नं. ३ घर भई हाल दमक ९ मा डेरा गरी बस्ने ३३ वर्षिय विदुर पौडेललाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्