झापा , माघ १७ । अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन् ।

वृद्धामाथि कुटपिट गरेको आरोपमा नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन् । एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत उनलाई पक्राउ परेको प्रहरीले जनाएको छ । पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पाण्डेले कुटपिट गरेका मध्ये एकजना ९५ वर्षकी वृद्धासमेत छिन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्