झापा , माघ १७ । रोजगारीको खोजीमा हिँडेका एक महिला र एक नाबालिगलाई होटलमा राखेर जबरजस्ती करणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा दुई भारतीयलाई प्रहरी कार्यालय मोरङले सोमबार जोगवनी नाकाबाट पक्राउ गरेको छ ।

झापाको कन्काई नगरपालिका ४ बस्ने २७ वर्षीया महिला र १४ वर्षीया नाबालिग कामको खोजी गर्दै माघ १२ गते विराटनगरको बसपार्कस्थित हिमालय होटलमा पुगेका थिए । त्यही होटलमा बसेका भारतीय नागरिक ४० वर्षीय बाबु साहेब र मोहम्मद जाहागीरले उनीहरूलाई रोजगारी दिने भन्दै विराटनगर-१८ रानीस्थित हिमालय गेस्ट हाउसमा पुर्‍याएर जबर्जस्ती करणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा जोगवनी नाकामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द दर्नालले बताए । विराटनगर बसपार्कको हिमालय होटलमा भेट भएर जागिर दिने भन्दै सीमा नाकाको हिमालय गेस्ट हाउसमा महिला र नाबालिकालाई जबरजस्ती करणी गरेर सोमबार रोजगारी दिने भन्दै भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको दर्नालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्