झापा , माघ १७ । झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरि नेपाल भित्राउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र विभिन्न प्रकारका किरानाका सामानहरु प्रहरीले बरामद गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेको ईलाकाहरुबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी टोलीले अवैध सामानहरु बरामद गरेको हो । बरामद गरिएका अन्दाजी २ लाख ३५ हजार बराबरको सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्