बिर्तामोड, माघ १७ । विभिन्न विधामा रहेर योगदान दिएका कर्णाली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य दिलकुमार राईको ५५ वर्षको उमेरमा निधन भएको छ ।

हल्दिवारी २ मिलन चोक निवासी राईको आज बिहान १०.३० बजे घरमै निधन भएको हो । उनी कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए । कर्णालीका संस्थापक सदस्य राई संस्थाका पूर्व सचिव रहेका थिए । त्योसंगै लेखा समिति संयोजक , आन्तरिक लेखा परीक्षक र मुख्य प्रवन्धक पदमा रहेर उनले जिम्मेवारी सम्हालेका थिए ।

दिवंगत राईको भोलि बिहान १० बजे हल्दिवारी २ मा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको कर्णाली साकोसका बिर्तामोड शाखा इन्चार्ज ताराबहादुर राईले बताए । उनका श्रीमती निर्मला,छोरीहरु जिना , सेखा र छोरा प्रविण राई रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्