बिर्तामोड , माघ १८ । झापाको बिर्तामोड नगरपालिका-९ बाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका ७ः२० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएक प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा बिर्तामोड नगरपालिका वडा नं. ९ डाँडागाउँ बस्ने २२ बर्षीय अर्जुन आले मगर र बिर्तामोड नगरपालिका वडा नं.१० बस्ने ३८ बर्षीय कृष्ण लिम्बूलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम र नगद रु. दश हजार पाँच सय बरामद गरेको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्