झापा , माघ १८ । सरकारले फेरि मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ ।

यसअघि पटक-पटक लागू गर्न खोज्दा पनि सफल हुन नसकेको नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो। मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग मंगलबार छलफल गरेका थिए । छलफलमा मन्त्री श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए । कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूणर् रहेको भन्दै मन्त्री श्रेष्ठले यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । एमाले नेता योगेश भट्टराईले विदेशतिर पनि पछाडि बस्नेले हेल्मेट लगाउने गरेको तर्क गरे । उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीले यसअघि यो नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन नभएको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्