झापा, माघ १८ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिलका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएको एक पदाधिकारीले जानकारी दिए । उनको राजीनामा स्वीकृति हुन भने बाँकी रहेको छ । असन्तुष्ट केन्द्रीय सदस्यहरुले कार्य सम्पादन समितिका पाँचजनाको राजीनामा माग गदै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्