एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन्।

त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ । सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए । यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’ मा पनि भिलेनका रुपमा देखिने भएका छन् । फिल्मको निर्देशन लोकेश कगनराजले गर्नेछन् । फिल्मका निर्माता जगदीशले आफ्नो ट्वीटर हेण्डलमा फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गरेका छन् । ‘ सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महशुस गराउनुभएको छ । हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुशी छौं। प्रेम र सहयोगका लागि धन्यवाद’, उनले लेखेका छन्। जगदिशले सञ्जयको जुन तस्बिर सेयर गरेका छन्, त्यसमा सञ्जयको भनाइलाई पनि लेखेका छन्। ‘जब मैले थलापति ६७ को वान लाइनर सुनें, त्यही बेला म यो फिल्मको हिस्सा हुनुपर्छ भन्ने निणर्य लिइसकेको थिएँ। म यो यात्राको सुरुवात गर्न पाउँदा रोमाञ्चित महशुस गरिरहेको छु’, सञ्जयले भनेका छन्। कामको कुरा गर्दा सञ्जय सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापति ६७’का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्