झापा , माघ १८ । थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट २३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १७७७ जनाको परीक्षण गर्दा तीन नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीनजना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्