झापा , माघ १८ । मोरङको रंगेली नगरपालिका-५ आँपगाछी बोडरबाट अवैध सुर्तीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान २ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको ६ सय ९० के.जी. अन्दाजि २ लाख ७ हजार बराबरको धुलो सुर्ती बरामद भए सगैं ३३ बर्षीय उसमान शेख मिँयालाई पक्राउ गरेको हो । पक्राउ परेको उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्