एजेन्सी । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मुल्य १०७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी अनुबन्ध गरेको हो । विश्वकप विजेता एन्जोले चेल्सीसँग करिव ९ वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय मिडफिल्डरका लागि चेल्सीले खर्चिएको यस रकम बेलायती क्लबमा कीर्तिमानी रकम हो । यसअघि म्यानचेस्टर सिटीले २०२१ मा ज्याक ग्रेलिसलाई एस्टन भिल्लाबाट कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्